झापामा थप १७ जना संक्रमण पुष्टि, झापमा संक्रमित संख्या ४५ पुग्यो

जेठ १४, २०७७ – प्रदेश १ कै सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको झापा जिल्लामा थप १७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै झपामा ४५ जना पुगेको छ भने प्रदेश १ मा कुल संक्रमित संख्या १०४ पुगेको छ ।

प्रदेश १ मा रहेको कोरोना सुचना डेस्कले जनाए अनुसार आज बुधबार संक्रमण पुष्टि भएकाहरुमा झापाको कचलकवल र बाह्रदशीका नागरिक भएको हो । यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नुमुना संकलन गरि कोशी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा संक्रमण पुष्टि भएको समाचार छ ।

प्रदेश १ मा झापा, उदयपुर, मोरङ, सुनसरी, धनकुटा, खोटाङ र भोजपुर गरि सात जिल्लामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा जम्मा १४ जिल्ला छन । अधिकांश संक्रमित भारतबाट आएका नागरिकहरु छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *