धरान ९ स्थित बगैँचा चाैकबाट ठुलो परिमाणको लागुऔषध काराेबारमा नगद सहित एक युवा पक्राउ

जेठ १३, २०७७ – आज दिउँसो २ बजेको समयमा धरान ९ स्थित बगैंचा चोकको एक घरमा डेरा गरी बस्ने लागू अाैषध काराेवारमा एक युवा पक्राउ परेका छन । शुभचन्द्र राई नाम गरेका ती युवालाई ठुलो परिमाणमा लागुऔषध र २ लाख ३७ हजार नगद सहित प्रहरीले पक्राउ गरेको हाे ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले राईको कोठा तलाशी लिँदा सो घरको पूर्व तर्फ फर्किएको ढोकाको कुनामा लुकाई छिपाई राखेको प्लाष्टिकको बोरा भित्र लागुऔषध भेटिएको थियो । उनको साथमा स्याज्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाइट्रोसन ३ सय ट्याब्लेट र डाइलेक्स डिसी १ सय मिलीको ८० बोतल लागुऔषध प्रहरीले बरामद गरेको छ ।

लागुऔषध सहित नगद, एक थान सामसुङको मोबाइल र २ वटा सिम समेत बरामद भएको थियो । राईलाई पक्राउ गरी अन्य अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *