वीपीको व्यवस्थित भनिएको ओपिडि अव्यस्थित भयो, कोरोना संक्रमणको जोखि बढ्यो

जेठ १३, २०७७ – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनमा आएको ओपिडी सेवा अव्यवस्थित भए पछि चौतर्फि आलोचना आउन थालेको छ । प्रतिष्ठानको भिसिले व्यवस्थितरुपमा ओपिडी सञ्चालनमा ल्याएको दाबी गरेका थिए तर सञ्चालनको केहि दिन देखि भने त्यहाँ ठिक उल्टो अवस्था सृजना भएको छ ।

ओपिडि सञ्चालन अगावै चौतर्फी दवाव आएपछि सुरुवातीका दिनहरुमा ओपिडिलाई केहि व्यवस्थित गर्न खोजिएको थियो । तर अहिले ओपिडि सञ्चालनको त्यो व्यवस्थापन र प्रणाली नै चुकेको पाइएको छ । यति मात्र हैन अहिले त्यहाँको स्थिती हेर्दा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण त्यहाँ देखी फैलिने जोखिम देखिन्छ । कोरोना भाइरस फैलन नदिन अपनाउनु पर्ने नियम या उपायहरु साधरणरुपमा पनि पालना नभएको पाइएको छ । दिनानुदिन प्रतिष्ठानमा विरामी जचाँउनु आउनेको घुँइचो बढ्नु थालेको छ । प्रतिष्ठानको यो अवस्था देखि प्रतिष्ठानकै कर्मचारि, चिकित्सक तथा सुरक्षा विभागबाट खटिएका सुरक्षा प्रहरिहररु कोरोना संक्रमण फैलनेको उच्च जोखिम हुने प्रति चिन्तित देखिन्छन ।

प्रतिष्ठानमै सुरक्षार्थ खटिएका सुरक्षकमीहरु भन्छन साह्रै अटेर सेवाग्राहीहरु आउँछन यहाँ, सामाजिक दुरी कायम गर्न आग्रह गर्दा कसैले सुन्दैनन । सरकारको नियम अनुसार नै दुरि कायम गर्न गोलो घेरा बनाइएको भए पनि सेवाग्राहीहरुले वास्ता गरिदिदैनन । प्रतिष्ठानमो प्रमुख द्धारमा थर्मल गनले शरीरको तापक्रम नापेको भरमा सबै हस्पिटर प्रवेश गर्न पाएका छन । शरिरको तापक्रम नापेको भरमा कोरोना संक्रमित हो हैन भन्ने कुरा छुट्याउन सकिदैन । यदि त्यहाँ एक जना कोहि सेवाग्रहीलाई कोरोना संक्रमण रहेछ भने ती व्यक्तिबाट सबैमा कोरोना सर्ने जोखिम देखिन्छ । यसैक्रममा एक सुरक्षाकर्मीले भने अहिले कोरोना संक्रमितमा कुनै पनि लक्षण देखिएको छै एकै पटक स्वाब परिक्षण बाट मात्र संक्रमित पहिचान गर्नु पर्ने अवस्था छ । यस्तो ओपिडिको अवस्थामा त कोरोना संक्रमण फैलिने जोखिम नहुने त कुरै छैन । ओपिडीको विषयमा बुझ्न धरानबाट सञ्चालित क्लिक धरान डट कमले प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटालाई सम्पर्क गर्दा उनले कल रिसिभ नगरेको गुनासो आएको छ । यसका साथै प्रतिष्ठानका अन्य अधिकारिहरुलाई सम्पर्क गर्दा ती अधिकारिकरुपमा प्रवक्तासँग बुझ्नु भन्दै पन्छिएको समाचार छ ।

प्रतिष्ठान अवस्थित धरान उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष प्रविण राई ओपिडी सञ्चालनले कोरोना संक्रमण फैलने जोखिम हुन्छ भन्दै सञ्चालन प्रति असन्तुष्ट रहेका थिए । पुर्व तयारी विना नै अव्यवस्थित भएको ओपिडी चौतर्फी विरोधको कारण सुरुवाती क्षणमा भने केहि व्यवस्थित रहेको थियो । अध्यक्ष राई भन्छन सुरुवाती दिनमा केहि व्यवस्थित भए जस्तो थियो तर अहिले माछा बजार जस्तै हुन थालेको छ । माछा बजार जस्तै नै भयो, बिहान त एम्बुलेन्स, टेम्पो, सफारी, बाइक र मानिसको भिडले लकडाउन नै हो जस्तो लाग्दैन । उनले थपे म त हिजोआज वीपी गेट तिर जान छोडेको छु ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *