धरान १३ बाट लागुऔषध कारोवारमा पक्राउ परेका तिन जनालाई प्रहरीद्धारा सार्वजानिक

जेष्ठ ११, २०७७ – धरान १३ बाट हिजो बेलुकी लागुऔषध सहित पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यलय धरानले सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा धरान १ घर भइ धरान १३ बसोबास गर्ने २५ वर्षकी समिया लिम्बु, धरान १३ स्थायी वासिन्दा २९ वर्षका मन्दिप मगर र धरान १५ बाँझोगराका ४३ वर्षीय घनश्याम राई रहेका छन ।

धरान १३ को एक घरमा डेरा लिइ लागुऔषध बेचबिखन भइरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट एक प्रहरि टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मन्दिपको साथमा १ सय ५० मिलिग्राम खैरो हेरोइन र १ थान मोवाइल पाएइको इलाका प्रहरी कार्यालय धरानले जानकारि दिएको छ । यसका साथै धनश्याम र समियाको कोठाबाट ३ ग्राम १ सय ५० मिलिग्राम खैरो हेरोइन र १५० ट्यावलेट नाइट्रोजन सहित ८३ हजार नगद प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारि दिएको छ ।

फाेटाे ः रेडियाेधरान

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *