वडा अध्यक्ष कोरोना संक्रमणको सिकार

जेष्ठ १०, २०७७ – कोरोना संक्रमणको यो विषम परिस्थितिमा अलपत्र परेका आफ्नो वडावासीको उद्दारमा खटिएका वाणगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नै कोरोना संक्रमणको सिकार बनेका छन । कपिलवस्तु जिल्लाका ८ जना कोरोना संक्रमितमध्ये १ जना वडा अध्यक्ष र १ जना संचारकर्मि रहेको स्वास्थ्य कार्यालयले एक विज्ञप्ती मार्फत जानकारि गराएको छ । अहिले सम्म कपिलवस्तु जिल्लामा संक्रमित पुष्टि हुनेको कुल संख्या ७७ जना पुगेको छ ।

संक्रमित वडा अध्यक्ष भारतबाट घर फर्कदा सीमा क्षेत्रमा अलपत्र परेका वडावासीलाई वडामा ल्याइ क्वारेण्टाइनमा राख्न सक्रिय रुपमा लागेका थिए । संक्रमण विरुद्ध कडा सावधानी अपनाउँदा पनि आफु संक्रमणको सिकार बन्न पुगेको वडा अध्यक्ष बताउछन आफु उच्च मनोवल लिएर कोरोना सँग लड्नेछु । अबका दिनमा मोवाइल तथा इन्टरनेट सेवामार्फत आइसोलेसन वार्डबाट नै भए पनि वडावासी तथा समग्र नगरवासीको सहयोगाम सक्रिय भुमिका निभाउने वडा अध्यक्षले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *