थप ३२ जना कोरोना संक्रमित पुष्टि, कुल संक्रमित संख्या ५४८ पुग्यो

जेष्ठ १०, २०७७ – नेपालमा थप ३२ जना कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान एक विज्ञप्ती जारि गर्दै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कोठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालमा गरिएको परिक्षमा ३२ जना संक्रमित देखा परेको हो ।

कपिलवस्तुमा ७ जना पुरुष १ जना महिला, सर्लाहीमा १३ जना पुरुष, बरामा १ जना महिला, काठमाण्डौमा १ पुरुष, रुपन्देहीमा ६ जना पुरुष, चितवनमा १ जना पुरुष गरि ३२ जना संक्रमित छन । संक्रमितहरु १७ देखि ५५ वर्ष उमेर समुहको रहेको मन्त्रालयल जानकारी गराएको छ । धेरै जसो १७ देखि ३५ वर्ष उमेर समुहको संक्रमित रहेको छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *