कालापानी लिपुलेक रक्षार्थ र्याली प्रर्दशनमा उत्रिएका ८ नेता कार्यकर्ता पक्राउ

भारतले नेपाली सिमाक्षेत्र अतिक्रमण गरि सडक निर्माण गरिएको विषयलाई विरोध गर्दै आव बदियाको गुलरियामा र्याली गर्दा ८ माओवादी नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा परेका छन । भारतले नेपालको सिमा अतिक्रमणको घटना यो नौलो त हैन तर यस बेला भने खुलेयाम सिमा मिच्दै सिमाक्षेत्र कालापानी लिपुलेक क्षेत्रमा मानसरोवर जाने बाटो निर्माण गरेपछि यो परिस्थिती सृजना भएको हो ।

बर्दिया सदरमुकाम गुलरिया स्थित राधा कृष्ण चौकमा गरिएको प्रदर्शनमा ‘‘हाम्रो भुमि मिचिएको होकी बेचिएको हो ?” भन्दै सरकार लगायत राज्यसत्ताको पक्ष र प्रतिपक्ष दललाई चोटिलो प्रश्न गरेका थिए । यसका साथै कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, लम्पसार सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद लगायतका चर्को नारावाजी गर्दै भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी वलीको पुत्ला जलाएका थिए ।

प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारी माथि धरपकड गरेको थियो । उक्त धरपकडबाट नेकपा (माओवादी केन्द्र्र) का पोलिटव्युरो सदस्य तथा सञ्चारकर्मी लोकराज जैसि, सदस्य चुनुराम थारु, क्रान्तिकारि माओवादी पोलिटव्युरो सदस्य उपेन्द्र न्यौपाने, पिविएम भुपेन्द्र न्यौपाने सहितका ८ जना नेता कार्यकर्ता लाई प्रहरिले गिरफ्तार गरेका हो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यलय बर्दियामा राखेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *