लायन्स क्लव धरान विजयपुर द्धारा राहत वितरण

विकास चाम्लिङ राई,
नाेभेल कोराना भाइरस वाट वच्नको लागि लागु गरिको लक डाउन आज ११ दिनमा प्रवेश गरेको छ । अहिले सम्म नेपालमा पाच जना कोरोना संक्रमित भेटिसकेको छ भने संक्रमित एक जनाको मृत्यु समेत भइसकेको छ । एक हप्ताको लागि देशभर लकडाउन घोषणा गरिएको लकडाउन चैत्र २५ गते सम्मको लागि वढाइसकेको छ ।

महामारी वाट वच्नको लागि लकडाउन गरिएता पनि दैनिक ज्यालादरिमा काम गरेर गुजारा गरिरहेका परिवारहरुमा भने समस्या वढ्दै गइरहेको छ । तिनै समस्यामा परेका परिवारहरुलाई लायन्स कल्व धरान विजयपुरको संयोजनमा राहत वितरण गरिएको छ । क्लवले धरान ३ न. वडा र ५ न. वडाका एक सय ६३ विपन्न परिवारलाई राहत वितरण गरेका छन । प्रत्येक घर परिवारलाई १० केजि चामल, नुन, तेल, सावुन र दाउरा समेत प्रदान गरिएको थियो ।

३ नं. वडासमिति, कैलाश पथ, श्रीपथ र व्हाइट हाउस होटल म्यानेजमेन्ट कलेजको सहकार्यमा राहत वितरण कार्यक्रम संपन्न भएको ड्रिस्टिक युथ चिफ लायन टंक गुरुङ्गले जानकारी गराए । राहत वितरण संगै क्लंवले धरान उपमहानगरिपालिका द्धारा सुरु गरिएको फुड वैंकलाई एक सय वोरा चामल समेत उपलव्ध गराउने गुरुङ्गले जानाए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *