कोरोना भाइरसबाट लन्डनमा एक नेपालीको मृत्यु

एजेन्सी – नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बेलायत बसोवास गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । मृतक पूर्व गोरखा सैनिकको रहेको उनको नाम लीलाबहादुर राई रहेको समाचार छ ।

गत मंगलबार लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा ६६ वर्षीय राईको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

राईको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको अस्पतालले पुष्टि गरेको परिवारका सदस्यले गोरखा भूतपूर्व सैनिक संघका अध्यक्ष कृष्णकुमार राईले जनाएका थिए ।

संभवतः कोरोना भाइरसबाट मृत्यु हुने राई पहिलो नेपाली हुन्। ।

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नम्बर १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बसोवास गर्दै आएका राई केही दिनअघि अस्पताल उपचारका लागी गएका थिए थिए । स्वास्थ्यमा सुधार आए पछि मृतक राई अस्पतालबाट घर फर्केका थिए । तर मंगलबार दिउँसो स्वास्थ्य खराब भएपछि उनलाई पुनः अस्पताल लगिएको थियो ।

अस्पताल भर्ना गरिएको दिन साँझ नै राईलाई अस्पतालले मृत घोषणा गरेका थिए । तर चिकित्सकले तीन दिनपछि शुक्रबार मात्र मृत्युको कारण कोरोना भाइरस संक्रमण रहेको परिवारलाई जानकारी दिएका थिए ।

श्रोतले जनाए अनुसार सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राई सन् २००८ मा उतै बसोबास गर्ने गरी बेलायत गएका थिए । जहाँ उनी श्रीमती र छोराबुहारीसँग बसोबास गर्दै आएका थिए ।

लण्डनमा अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको समाचारमा उल्लेख गरिएको छ । मृतक राईको परिवारलाई समवेदना व्यक्त गर्न अर्को सूचना जारी गरिने संखुवासभा समाज युकेले जनाएको छ ।

यूरोपमा इटाली, फ्रान्स, स्पेनसँगै बेलायतमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमणले चरम रुप लिइरहेको छ। शनिबारसम्म बेलायतमा ३९८३ जना संक्रमित भएका छन् भने १७७ जनाको मृत्यु भैसकेको छ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *