धरान उपमहानगरपालिकाले कोरोना शंकास्पद व्यक्तिको लागि निशुल्क एम्बुलेन्स सेवा दिने

धरान।चैत्र ०८,२०७६।नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको शंकास्पद विरामीहरूका लागी धरान उपमहानगरपालिकाले चार वटा एम्बुलेन्स भोली आईतबारबाट सुचारू गर्ने भएको छ । आज धरान उपमहानगरपालिकामा बसेको विशेष बैठकबाट एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय भएको हो ।

एम्बुलेन्स व्यवस्थाका लागी सुनसरी एम्बुलेन्स चालक ईकाइ कमिटी धरानबाट २ वटा, नेपाल रेडक्रस सोसाइटी सुनसरीबाट १ वटा र विपी प्रतिष्ठानबाट १ वटा एम्बुलेन्स संचालनमा ल्याइने भएको छ । विपी प्रतिष्ठानको जिओपिडी हेल्प डेस्क अगाडी भोलीबाट २४ सै घण्टा सेवा दिने गरी एम्बुलेन्स संचालनमा ल्याइने भएको हो । यो सेवा हरेक दिन अर्को सुचना नआए सम्म निरन्तर रहने निर्णय भएको धरानका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए ।

यस्तै हेल्प डेस्कमा नेपाल प्रहरीको उपस्थिती रहँदा अझ व्यवस्थित हुने भएकाले उपमहानगरपालिकाको पहलमा प्रहरी परीचालनका लागी अनुरोध गर्ने समेत निर्णय भएको छ । यस्तै सचेतनाका लागी धरानको बसपार्कमा विपी प्रतिष्ठानका डाक्टरहरूले तयार गरेको जिङ्गललाई माईकिङ गर्ने निर्णय समेत भएको छ ।

धरानका मेयर तिलक राईले ईलाका प्रशासन कार्यलय धरान, विपी प्रतिष्ठान, रेडक्रस र एम्बुलेन्स चालकको टोली संग संयुक्त बैठक बसी निर्णय गरेको बताए । विरामीलाई आवश्यक पर्ने एम्बुलेन्स व्यवस्थापनका लागी आज विशेष बैठक बसेका छा उनले भने, स्थानिय सरकारले सचेतना र सहयोगका लागी काम गर्ने हो, त्यो हामीले निरन्तर गरीरहेका छा । यि एम्बुलेन्सले घरबाट विरामीलाई अस्पताल ल्याउन साथै धरान बाहिरको रहेको क्वारेन्टाई स्थल सम्म पुर्याउनका लागी प्रयोग गरीनेछ । यो सेवा निःशुल्क रहेको समेत उनले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *