इटहरी उपमहानगरले ५० घर विपन्न मुसहर समुदायका लागि बनाउने

धरान (२०७६-१२-०६) – मुसहर बस्ती सामुहिक आवास निर्माण आयोजना कार्यक्रम अर्न्तगत इटहरी उपमहानगरपालिकाले वडा नं. १६ टिहिटी टोलमा ५० वटा घरहरु बनाउने भएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आज एक कार्यक्रमका बिच सामृहिक आवासको शिलान्यास गरेको छ ।

५० वटा घरहरु बन्ने गरी जग्गा हेरीएको र घर नक्सांकन गरिएको भए पनि चालु आर्थिक वर्षमा त्यहाँ नौ वटा घर निर्माण हुने भएको छ । शिलान्यास कार्यक्रममा प्रमुख चौधरीले निर्माण कम्पनीलाई इमान्दारीका साथ काम गर्न सुझाव दिएका थिए । चौधरीले इटहरीमा कुनै पनि कमिसन दिनु नपर्ने भएकाले त्यो रकमले अझ गुणस्तरीय निर्माण समाग्री लगाउन ठेकेदार कम्पनीलाई निर्देशन दिँदै तोकिएको समयमा काम सम्पन्न गर्नका लागी आग्रह समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी गौतमले सो ठाँउमा ५० घर रहेको ब्यवस्थित बस्ति निर्माण गरिने बताउँदै त्यहाँ राखिने मुसहर समुदायको छनौट निश्चित विधि वनाएर गरिने प्रष्ट पारे । डेढ विघा ऐलानी जग्गामा वहुवर्षे योजनाको रुपमा ५० घरहरु निर्माण गर्ने उपमहानगरको योजना रहेको उनले बताए ।

तराइ मधेस समृद्धि कार्यक्रम अर्न्तगत संघीय सरकारको ७० लाख तथा उपमहानगरपालिकाको ७ लाख लगानीमा यस आर्थिक वर्षमा ९ घरहरु बनिने इन्जीनियर जिवन घिमिरेले जानकारी गराए । त्यहाँ भित्री बाटोहरु, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिना भद्रिको मठ पनि निर्माण गरिने भएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *