केहिदिनमै धरानमा खानेपानी पर्याप्तरुपमा वितरण गरिने, मर्मत कार्यको कारण खानेपानी वितरणमा समस्य भएको बोर्डको दावी

चैत्र २९, २०७७ – सुख्खा याम लागे सँगै धरान उपमहानगरपालिकाले अहिले खानेपानीको चरम अभाव बेहोर्दै आएको छ । खानेपानी समस्या अहिले मात्र हैन विगत देखि नै धरानले बेहोर्दै आएको हो । विगत लामो समय देखि नै धरानमा नेपाल खानेपानी बोर्ड र खानेपानी संस्थान विच सित युद्ध नै भएको थियो । भारी असहमतिका साथ पनि यहि चैत्र १७ गते संस्थानले बोर्डमा गाभिन पुग्यो । तर बोर्डले भने जस्तो खानेपानी वितरण गर्न नसक्दा धराने जनाता आन्दोलित हुन पुगेको थियो । यस पटक विगतका वर्षहरुको तुलनामा खानेपानी अभाव चरम विन्दुमा पुगेपछि धरानवासीहरु आन्दोलित बनेका हुन ।

बोर्डले खानेपानी दिन विराएर वितरण गर्ने भने पनि खानेपानीको अभाव चरम उत्कर्समा पु्गेको थियो । यसै अभावको विच खानेपानी संघर्ष समिति दैनिक सडकमा खाली गाग्रो लिएर आन्दोलित छन । संस्थान बोर्डमा गाभिए लगत्तै खानेपानीको अभाव बढेपछि एक साता देखी धरान १६ मा अवस्थित खानेपानी महशुल भुक्तानी कार्यालय नै तालाबन्दी गरेर धर्ना दिइरहेको छ ।

संस्थान र बोर्डबिचको युद्धको चेपारोमा परेको खानेपानी उपभोक्ताले संस्थान बोर्डमा गाभिएपछि खानेपानीको यो समस्या समाधान हुने ठुलो अपेक्षा बोकेका थिए । हिजो खानेपानीको समस्या लिएर उपभोक्ताहरु जनप्रतिनिधि सामु उपस्थित हुँदा संस्थान बाधक भएको हो बोर्ड त खानेपानी वितरणको तयारी अवस्थामा रहेको छ संस्थान बोर्डमा गाभिएपछि धरानमा खानेपानी वालछेल हुने आस्वाशन दिने जनप्रतिनिधिहरु तथा सरोकारवालाहरु अहिले एकअर्कालाई आरोपप्रत्यारोप लगाउँदै बसेका उपभोक्ताको गुनासो छ । उपभोक्ता भन्छन हिजो खानेपानी समस्या लिएर जाँदा संस्थान बाधक भएको भन्ने सरोकारवालाहरु अहिले विभिन्न प्राविधिक गडबढीको कारण पानी वितरणमा समस्या आएको बताउछन ।

हिजो संस्थानलाई बाधक देखाउने धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुबेदीले केहि दिन अघि मात्र एक सञ्चार माध्यमलाई बताइन धरानको खानेपानीको चरम अभाव हुनुको मुख्य कारण मेयर तिलक राईले चारकोशै जंगलमा रहेको ७ वटा खानेपानीको वेल मात्रै सञ्चालन गरेर २ वटा बन्द गरेकोले यसको हिसाब किताब जनताले खोज्नुपर्ने हुन्छ । यसरी जिम्मेवार व्यक्तिले आरोपप्रत्यारोप गर्दै आफु पानीमाथिको ओभानो बनेर खानेपानीको समस्यालाई सम्बोधन नगर्नू गैह्रजिम्मेवार देदिन्छ । सरोकारवालाहरु नै खानेपानीको समस्या समाधान गर्नको साटो एकअर्कामा आरोप लगाउँदै आफु् जोगीने कार्यमा सक्रिय भएपछि उपमहानगरपालिका चौतर्फी आलोचना खेप्नु परेको छ ।

यसरी व्यापक आलोचना हुनथालेपछि आज आइताबार धरान खानेपानी बोर्डले पत्रकार सम्मेलन गर्दै खानेपानी समस्या हुनुको कारण र समाधान गर्न भइरहेको पहलबारे जानकारि दिएको छ । संसथन बोर्डमा गाभिएपछि धरानवासीलाई पानी पर्याप्त रुपमा वितरण गर्न प्रयास भइरहेको बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राईले बताए । उनले भने संस्थानको बिग्रीएको २ वटा पम्प र मेनलाईन पाइप मर्मतको काम सम्पन्न भइसकेको छ अब केहि दिनभित्रै दिन विराएर पानी वितरण गर्ने जानकारि दिएका छन । खानेपानी सहज बनाउनकै लागी भएपनि दिनरात काम भइरहेको उनले बताए । उत्पादन भएको पानी रिजर्भ ट्याङ्कीसम्म पुर्याउन विभिन्न नन रिटर्न भल्भ राख्ने, चुहावट भएको ठाउँमा मर्मत गर्ने र पम्पहरु मर्मत गर्ने तथा नयाँ खरिद प्रक्रिया अघि बढाउने कार्य शुरु भएको मेयर राईले जानकारि दिएका छन ।

खानेपानी मुल सप्लाई पाइपबाट सिधै भल्भ खोलेर आफुखुशी लाने गरेको पाइएकोले त्यस्ता भल्भहरुलाई साँचो लगाएर छोप्ने काम गरी रात्रीकालिन निरिक्षण पनि सुरु गरिएको मेयर राईले बताए । खानेपानी समस्या समाधान गर्न तत्काल गर्नुपर्ने कामहरुको पहिचान गरि काम अघि बढेको मेयर राईको भनाइ छ । यसैबिच उनले थपे खानेपानीलाई सहज बनाउन उपमहानगर तथा बोर्ड जुटिरहेकोले सहयोग गर्न सबै नगरबासीहरुलाई आग्रह गरेका छन ।

यसका साथै उक्त पत्रकार सम्मेलनमा उपस्थित भएका बोर्डका कार्यकारि निर्देशक राजु पोखरेल र परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालले पनि खानेपानी समस्याको समाधान गर्दैछौँ अब खानेपानी वितरणमा सहज बनाउने प्रयास भैरहेको बताएका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.