प्रतिष्ठानमा १७ सय ३३ जनाले लगाए कोभिड-१९ विरुद्धको “कोभिसिल्ड” खोप

माघ २२, २०७७ – धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार सम्म १७ सय ३३ जनाले कोभिड-१९ विरुद्धको “कोभिसिल्ड” खोप लगाएका छन ।

माघ १४ गते बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले खोप लगाउँदै सुरू भएको खोप अभियान कार्यक्रम सुरू गरीएको थियो । आठ दिनमा १ हजार ३ जना महिला र ७ सय ३० पुरूषले खोप लगाएको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले जानकारी गराए । ‘२ सय ५० भाइल खोप आएकोमा १ सय ७४ भाइल प्रतिष्ठानका अग्रपंक्तिमा खटिएका स्वास्थकर्मीहरूका लागी प्रयोग भएको छ ।’ डा. बरालले भने, ‘१० भाइल खोप धरान उपमहानगरपालिकालाई दिइएको र ६६ भाइल बाँकी रहेको छ ।’

प्रतिष्ठानमा २ हजार भन्दा बढीको संख्यामा कोभिड विरुद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई खोप लगाउनुपर्ने रहेको छ । अब छुटेका केही प्रतिष्ठानका स्वास्थकर्मीको साथमा कर्मचारी तथा सरसफाईकर्मीहरुलाई खोप दिन बाँकी रहेको र सबैमा खोप नपुगेसम्म अभियान जारी रहने डा. बरालले बताए । खोप लगाउनको लागि प्रतिष्ठानका ५ जनालाई तालिम दिइएको र एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था रहेको थियो ।

कोभिड विरामीहरुको उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरुमा कार्यरत सबै स्वाथ्यकर्मीहरु, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरुलाई खोप लगाउनका लागी नेपाल सरकारबाट निर्देशन आएको थियो । त्यसै अनुसार नै प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको हो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.