धरान १५ मा दुई उद्घोषण तथा भाषणकला सम्बन्धि तालिम सम्पन्न

माघ २०, २०७७ – धरान १५ को व्यवस्थापन तथा स्टार एड्भटाइजिङको आयोजनामा दुई दिने उद्घोषण तथा भाषणकला सम्बन्धि तालिम सम्पन्न भएको छ ।

धरान १५ स्थित सदन माविको सभाहलमा भएको तालिममा टिएलओका १५ जना प्रशिक्षार्थिहरू सहभागी भएका थिए । तालिमको समापनका बेला बोल्दै कार्यक्रमका प्रमुख अतिथी १५ नं. वडाका अध्यक्ष नरेश इवारमले प्रशिक्षार्थीहरूमा पहिलेको तुलनामा बोल्ने क्षमता विकास भएको बताएका थिए । ‘तालिममा सहभागी प्रशिक्षार्थीहरूको बोलिमा स्तरोन्नती भएको पाए ।’ उनले भने, ‘यस तालिममा लिएको ज्ञानले वडाको विभिन्न कार्यक्रमहरू संचालन गर्न सक्षम हुनुभएको मैले अनुमान लिएको छु । वडाको विभिन्न कार्यक्रमहरूमा आवश्यकता अनुसार संचालकको रूपमा सहयोग लिनेछौ ।’ वडामा २७ वटा टिएलओ भएपनि प्रशिक्षार्थीहरूको सहभागीता कम भएकोमा अध्यक्ष इवारमले गुनासो गरेका थिए ।

दुई दिने तालिमका प्रशिक्षक संचारकर्मी शिशिर राई रहेका थिए । तालिमको अनुभव बताउँदै प्रशिक्षार्थी सरीता श्रेष्ठले तालिममा सरल तरिकाले जानकारी लिन पाइएको बताएकी थिइन । दुई दिनमा उद्घोषण तथा भाषणकला सम्बन्धि सैदान्तिक तथा व्यवहारीक जानकारी, आत्मविश्वास बढाउने उपायहरू तथा विविध जिवनोपयोगी सिपहरूको ज्ञान लिइएको उनले बताइन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.