धरान डे को अवसरमा सोमबार धरानमा सार्वजनिक विदा दिने निर्णय

पुष १९, २०७७ – भाेली धरान डे काे अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भोली सोमबार धरान डे को अवसरमा सार्वजनिक विदा दिने आज निर्णय भएकाे हाे । वरिष्ठ प्रशासनकीय अधिकृत गणेशप्रसाद खतिवडाले जनाए अनुसार कोभिड १९ को कारण धरान डेमा यसबर्ष वडा तहमा विभिन्न कार्यक्रम गरि मनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ । सोही निर्णय अनुसार सोमबार नगरपालिकाले सरसफाई कार्यक्रम गर्नेछ भने विभिन्न वडाहरुले छुट्टाछुट्टै कार्यक्रमहरु गर्ने पनि खतिवडाले जानकारी दिए ।

सार्वजनिक विदा भएकोले उपमहानगरपालिका, वडा कार्यालयहरु सबै बन्द हुनेछन् । गत बर्ष भने धरान डे को अवसरमा पब्लिक उच्च माविमा ३ दिन भव्य कार्यक्रम गरि मनाइएको थियो । धरान सहर स्थापना भएको सन्दर्भमा पुष २० लाई धरान डे मनाइदै आएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.