प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता

पुष १२, २०७७ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

नेकपाकै नेपाल–दाहाल खेमाका सांसदहरूले मुख्यमन्त्री राईविरूद्ध अविश्वासकाे प्रस्ताप दर्ता गराएका हुन । उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।

श्राेतले जनाए अनुसार मुख्यमन्त्री राईविरूद्ध झन्डै ४० जना प्रदेश सांसदले हस्ताक्षरमा अविश्वासकाे प्रस्ताव दर्ता गरेका हुन ।

प्रदेश १ को प्रदेश सभामा ९३ सिट छन्। तीमध्ये नेकपाका ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २० जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४७ सांसद छन्। प्रदेश सरकारका लागी आवश्यक सांसद संख्या ४७ हाे नेपाल – प्रचणड खेमाकाे सांसदले मात्र पिन सरकार गठन हुन्छ ।

यसअघि राईको मन्त्रीमण्डलमा रहेका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए। सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार राजीनामा दिएका हुन्।

यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको श्राेतले जनाएकाे छ ।

यसै गरि शनिबार मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई पदबाट हटाएका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई पदबाट हटाएको जानकारि दिएका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.