वीपी प्रतिष्ठानका सहप्रवक्ताले दिए राजीनामा, सबैबाट सहयोग भएकाले धेरै सिक्ने माैका मिल्योः सहप्रवक्ता श्रेष्ठ

मंसिर ०४, २०७७ – वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा. आशिष श्रेष्ठले आज राजीनामा दिएका छन । उनको राजीनामा पत्र वीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले स्विकृत गरेका छन ।

व्यक्तिगत व्यस्तताको कारण राजीनामा दिएको बताउँदै सहप्रवक्ताको रूपमा कार्यरत रहँदा सबैबाट पूर्ण सहयोग मिलेको श्रेष्ठले बताए । ‘म सहप्रवक्ता नियुक्त भएर काम गरेको करीब ६ महिना भयो । यस दाैरानमा प्रतिष्ठानका पदाधिकारी लगायत सबैबाट पूर्ण सहयोग मिलेको छ ।’ उनले भने, ‘यो कार्यभार सम्हालि रहँदा मेरो व्यक्तित्व विकासमा समेत टेवा पुगेको छ । चिकित्सक पेशा भन्दा विल्कुलै फरक जिम्मेवारी सम्हाल्दा धेरै सिक्ने माैका मिलेको छ ।’

डा. श्रेष्ठले प्रतिष्ठानमा २०११ देखि ओरल प्याथोलोजी विभागको प्रमुखको रूपमा कार्यभार सम्हालेका हुन । उनि २००२ मा विधार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाएपछी फ्याकल्टी डिभेलपमेन्ट प्रोगाम अर्न्तगत प्रतिष्ठानको सहयोगमा उनले भारतको मणिपाल युनिर्भसिटीबाट ३ वर्षे एमडिएस सकाएका हुन ।

रिक्त रहेको सहप्रवक्ताको पदमा एनेटोमी विभागका सह प्राध्यापक डा. चुडामणी पोखरेललाई नियुक्त गरीने रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी गराए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.