पुर्व वृटिस आर्मि केवल बहादुरले परिवारको नाममा धरान पोजिटिभ समुहलाई राहत प्रदान गरे

कार्तिक २७, २०७७ – धरान १९ निवासी पुर्व वृटिस आर्मि केवल बहादुर सिरेङ चोङ्वाङले आज धरान पोजिटिभ ग्रुपलाई राहत प्रदान गरेका छन । आज विहान २५ हजार बराबरो खाद्यन्न सामग्री र २५ हजार नगद प्रदान गरेका हुन ।

एचआइभि संक्रमित एकल महिला तथा संक्रमणबाट प्रभावित एकल महिलाहरुलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरिएको हो । आज विहान १५ जनालाई धरान पोजिटिभ ग्रुपकै कार्यालयमा पुगेर २५ हजार बराबरको खाद्यन्न प्रदान गरिएको थियो । धरान रन र धरान पोजिटिभ ग्रुपको संयुक्त सहकार्यमा एचआइभि संक्रमित र प्रभावित बालबालिकाको शिक्षाको सहयोगार्थ हातेमालो अक्षयकोष खडा गरिएको छ । सोही अक्षयकोषमा २५ हजार नगद आजै दाता केवल बहादुर सिरेङ चोङ्बाङले प्रदान गरेका हुन ।

कोरोना संक्रमण कालिन अवस्थामा जनजीवन निकै नै कष्टकर भैरहेको अवस्थामा पोजिटिभ समुहतर्फ कसैको पनि ध्यान नपुगेको बेला आफ्नो परिवारको नाममा उक्त राहत प्रदान गरिएको दाता केवलले बताए । चाड पर्वको चटारो यसै चलिरहेको छ उता लकडाउनको असरले भने अहिले सम्म नछोडेको अवस्थामा उक्त समुहलाई सो राहत प्रदान गरिएको उनको भनाइ थियो । उनले उनैको पेन्सनबाट आफ्नो श्रीमान आइतामाया लिम्बु लगायत समस्त परिवारको तर्फबाट सो राहत प्रदान गरिएको बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.