धरानमा आज मास्क प्रयाेग नगर्ने ५८ जनालाइ जरिवाना

आश्विन २८, २०७७ – धरानमा आज पनि स्वास्थ मापदण्ड पालना गरे नगरेको अनुगमन गरीएको छ । आज मास्क नलगाउने ५८ जनालाई कारवाही स्वरूप १ सय रूपैँया जरीवाना गराई मास्क समेत वितरण गरीएको छ ।

धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा टेलिकमबाट चतरालाइन क्षेत्रमा अनुगमन गर्दा मास्क नलागएकाहरूलाई संक्रमण रोग ऐन २०२० को दफा ३ अनुसार कारवाही गरिएको हो । हिजोबाट सुरू गरीएको अनुगमनमा आज विशेष गरी दुईपाङ्ग्रे, तिनपाङ्ग्रे र चारपाङ्ग्रे सवारी चालकहरूलाई अनुगमन गरीएको थियो । पसल संचालकहरूले भने स्वास्थ मापदण्ड पुर्याएको पाइएको उपमेयर भण्डारीले बताइन ।

‘यसअघि समेत स्वास्थ मापदण्ड पालनाका लागी सचेतना अभियान चलाइएकोमा प्रभावकारी रूपमा कार्यन्वयन नभएपछी यसपटक भने जरीवाना सहित अनुगमन थालिएको हो ।’ उपमेयर भण्डारीले भनिन, ‘कोरोनाको महामारी दिनानुदिन बढ्दो क्रममा छ, यसमा हामी सर्वसाधारणहरू सचेत रही स्वास्थ मापदण्ड मात्र पालन गरेमा यस महामारीलाई पराजित गर्न सकिन्छ ।’ अवस्था अनुसार मास्क नलगाएका केहीहरूलाई सचेत गराई जरीवाना नगराई मास्क वितरण गरीएको उनले बताइन ।

अनुगमन टोलीमा रहेका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले धरान उपमहानगरपालिका र संघको सहकार्यमा मास्क खरिद गरी वितरण गरीएको बताए । जरीवानाका लागी भने इलाका प्रशासन कार्यालयको रसिद रहेको र उक्त रकम राज्यको राजश्वमा जम्मा हुने उनले खुलाए । अनुगमना नै हिँडेका इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्दबहादुर बस्नेतले कोरोना महामारीलाई पराजित गर्न सबैले स्वास्थ मापदण्डको पालन गरीदिनुहुनका लागी आग्रह गरेका थिए ।

हिजो अनुगमनको पहिलो दिन भने पुरानो बजार हुँदै भानुचोक, बस स्टेण्ड, तरकारी बजारसम्म अनुगमन गरिएको थियो । अनुगमनको क्रममा मास्क नलगाएको ६० पैदल यात्रु, सवारी चालक, सवारीमा रहेका यात्रुहरुलाइ कारवाही गरीएको थियो । वृद्धवृद्धाहरुलाई निःशुल्क मास्क उपलब्ध गराइएको र अन्यलाई भने जरिवाना सहित मास्क दिइएको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.