संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुन निर्वाचित

आश्विन २८, २०७७ – राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य राष्ट्रमा नेपाल पुन निर्वाचित भएको छ । १९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषद्मा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो ।

यो परिषद्मा नेपालको दोस्रो कार्यकाल हो । परिषद्मा कुनै एक राष्ट्र दुई पटक सम्म निवार्चित हुन सक्ने प्रावधान छ । परिषद्मा नेपाल संगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबा लगायत ४७ देश निर्वाचित भएका छन् ।

भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया– प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो । चार सदस्य सिटका लागि पाँच सदस्य राष्ट्र बीच हिजो भएको मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.