कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्य पछि मात्र कोरोना संक्रमण पुष्टि

जेठ २४, २०७७ – नेपालमा कोरोना भाइरसको कारण थप एक जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाँउपालिका निवासी ५८ वर्षी पुरुषको मृत्यु भएको हो । थत आइताबार नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । मृतक लामो समयदेखि दमको रोगले ग्रस्त रहेकोले उनलाई होम आइसोलेसनमा साखिएको थियो ।

होम आइसोलेसनमै रहेको बेला उनको मंगलवार मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणको लागि पठाइएको थियो । शनिबार उनको परिक्षणको रिपोर्ट पोजिटिभ आए पछि उनको मृत्युको कारण खुलेको हो ।

सुरक्षाको उपाय अपनाइ उनको दाहसंस्कार गरेको भएता पनि गाँउपालिकाको सबै नाका सिल गरिएको र गाउँ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिंह रोकायाले जानकारि दिएका छन । वडा र छिमेकी गाँउका स्थानिय वासीहरु संक्रमित भएको आशंका गर्दै गाँउ सिल गरिएको हो ।

अहिले सम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । यी सबै मृतकहरुको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.