लिम्बु भाषामा लाबखेक्वा बोलको गीत सार्वजानिक (भिडियो)

आश्विन २६, २०७७ – किरात लिम्बु भाषामा लाबखेक्वा बोल गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक दिलिप फुरुम्बो र गायिका सामना फोम्बोले स्वर भरेका उक्त गीतमा स्वयं गायक दिलिपले नै शब्द र संगीत दिएका छन । यसमा चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।

युमा आर्टसको अफिसियल युटुव च्यानल मार्फत सार्वजानिक गरिएको सो म्युजिक भिडियोमा दिप केरुङको साथमा नयाँ अनुहार खुश्बु लिम्बु देखा परेकी छिन । दर्जनौ लिम्बु सांस्कृतिक गीतहरुमा फिचरिङ गरिसकेका केरुङको साथमा नयाँ अनुहार खुश्बुको पनि अभिनयले गीतलाई न्याय गरेको पाइएकाे छ । किरात लिम्बुहरुको संस्कारमा सोल्टी सोल्टेनी भनी जिस्किने परम्परालाई चित्रण गर्दै तयार पारिएको उक्त गीतमा किरात लिम्बुलाई गज्जबले प्रस्तुत गरिएको देख्न सकिन्छ ।

चन्द्र लिम्बु उदयको छायांकन तथा सम्पादनमा तयार पारिएको यो म्युजिक भिडियोलाई हिमाल लिम्बुले नृत्य निर्देशन गरेका हुन भने स्वयं गायक दिलिपले नै निर्देशन गरेका छन । सोम मगरातीको श्रृङ्गार रहेको सो म्युजिक भिडियोलाई गायिका सामनाले निर्माण गरेकी हुन ।

सार्वजानिक म्युजिक भिडियोमा हिमाल लिम्बु, सुमन लिम्बु, रक्षहाङ्ग राई, मेरिसा लिम्बु, कुसुम लिम्बु र नुमा लिम्बुले अभिनयमा साथ दिएका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.