लेखक राजन मुकारुङ अब संगीतकार पनि

आश्विन ०७, २०७७ – नेपाली साहित्य जगतमा पछिल्लो समय आख्यानमा कलम चलाउँदै आएका लेखक राजन मुकारुङ संगीतकारको रुपमा उपस्थित भएका छन । उनले सहित्यिक यात्रा कविता र गीत लेखनबाट सुरुवात गरेता पनि उनी आख्यानकार कै रुपमा परिचित छन ।

आख्यानकारको रुपमा चिनिएका मुकारुङ कवि पनि हुन, गीतकार पनि हुन यसर्थमा उनलाई आख्यानकार, कवि र गीतकार भनेर चिन्न थालिएको थियो भने अहिले संगीतकारको रुपमा प्रस्तुत भएका छन । उनी आफैद्धारा लिखित ज्यानै हाँजिर भो बोलको गीतमा उनी आफैले संगीत भरेका छन । लिम्बु संस्कृतिमुलक गीतमा ब्रबिम सेर्मा र सीता सिंगकको स्वर रहेको छ ।

निकै नै चर्चाबिच रहेका किरण चाम्लिङको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा ब्रबिन सेर्मा, इक्सा मादेन र पुष्पा लिम्बु फिचरिङमा देखा परेका छन । पदम राजन मगरको एरेन्ज, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको म्युजिक भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । युटुब च्यानल मार्फत सार्वजानिक गरिएको सो म्युजिक भिडियोमा मुस्कान मुकारुङले मिक्सिङ र मास्टरिङ गरेका छन भने सोम मगरातीको श्रृङ्गारमा रहेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.