हृदयलाई छोईजाने गीत (भिडियाे)

भाद्र ०६, २०७७ – जुगौंदेखि पहाड जस्तै अटल अटल बसिरहेछु
वियोगका अथाह पीडा आँखाबाट धोईरहेछु
पीर पखाल्ने त्यही आँशु सुक्नुभन्दा अघि तिमी आऊ
मनको चरी दूर-देश कट्नुभन्दा अघि तिमी आऊ

अन्तत: प्रेम हुने चीज हो, गर्ने चीज होईन । गर्ने चीज हुँदो हो त, कोही मानिस किन यसमा असफल हुने थिए र ? मिलाई मिलाई सफल बनाई छाड्थे । प्रेमको भाग्यरेखा आफैं कोर्थे मानिसले । तर प्रेम हुने चीज भएकोले यो मानिसको नियन्त्रणभन्दा अलि पर छ । संयोगहरूको जोजनद्वारा यो निर्देशित छ । सायद यही विशेषता भएबाट प्रायशो: प्रेमहरू अतृप्त छन । अपूरो छन । अधूरो छन । फलत: अधूरो प्रेमका कथाहरू यत्रतत्र छन । अतृप्त प्रेमका व्याथाहरू जहाँकहीं छन । यद्धपि, बजारमा यही बिक्दो छ । यसैको भाउ चर्को छ । यो उदेकको कुरा हो । मानिसहरू अतृप्त प्रेमको तलवारले आफ्नै गर्धन छिनाल्न सधैं तत्पर छन ।

अझ गीत संगीतमा यसको स्थान व्यापक छ । अधिकांश गीत संगीत यही अतृप्त प्रेमको राग-आलाप बन्दै आएको छ । दर्शक स्रोताहरूको रोजाई पनि यही हुँदै हो ।
माथि सुरुवातमा उल्लेखित चार हरफहरू यस्तै अतृप्त प्रेमको आग्रह मिश्रित रोदन हो भन्दा फरक नपर्ला । यसमा प्रेमप्रतिको आशक्तिलाई जोडदार ढंगले अभिव्यक्त गरिएको छ । हरफहरू ‘यो रमाईलो मौसम…’ शीर्षक रहेको गीतको केही अंशहरू हुन । रमेश नामहाङको शब्द अनि बिक्रम राईको संगीत र स्वरमा बनेको यो गीत भर्खरै युट्यूव मार्फत पुनः रिलिज भएको छ ।

अहिले प्रस्तुतकर्ता वा सम्बन्धितले आफ्नै आधिकारिक च्यानल मार्फत रिलिज गर्ने प्रचलन छ । त्यही प्रचलन पछ्याउँदै यसका शब्दकार एवम् प्रस्तुतकर्ता रमेश नामहाङले आफ्नो आधिकारिक च्यानलबाट गीत रिलिज गरेका हुन । सरल शब्दलाई खेलाएर निक्कै गहन अर्थ अभिव्यक्त गर्न रुचाउँछन शब्दकार । यसमा उनी सफल छन । सामान्य शब्दहरूको ताकतमा गीतले हृदयको गहिराईसम्म स्पर्श गर्न सक्षम छ ।

अहिले पछिल्लो पुस्तामा देखिएको राम्रो प्रतिभा हुन बिक्रम राई । उनी ।गाउने मात्र होईन संगीत पनि आफै गर्न सक्छन । यो गीतमा उनले प्राण भरेरै संगीत गरेका छन भने उत्तिकै सशक्त ढंगले गाएका पनि छन । गीत यति श्रवणीय छ कि, एकपटकले सुन्ने धीत मर्दैन, पटक पटक सुन्न बाध्य गराउँछ ।

फणिन्द्र राईको संगीत संयोजन रहनु यो गीतको अर्को सशक्त पाटो हो । सो बिधाका दिग्गज हुनुको प्रभाव यस गीतमा प्रष्टै झल्किन्छ । संगीतको धून मात्रै पनि मिठो छ ।
गीतलाई युगल पोमो लिम्बुले निक्कै सुन्दर ढंगले भिडियोमा उतारेका छन । सम्पदा बानियाँ र अनिल थापाको जोडी गीतमा सुहाएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.