प्राश्नाको नयाँ जन्म गीतले नयाँ जन्म पायो (भिडियाे)
श्रावण १३, २०७७ – नेपाली सांगीती जगतमा एक पछि अर्को गीत सार्वजानिक हुने क्रममा भर्खरै नयाँ म्युजिक भिडियो बजारमा आएको छ । नेपाली सांगीतीक आकाशमा चिरपरिचिन नाम प्राश्ना शाक्यको गीत ‘‘नयाँ जन्म” को म्युजिक भिडियो भर्खरै सार्वजानिक भएको छ । उक्त गीतको म्युजिक भिडियो गत सोमबार युट्युव मार्फत सार्वजानिक भएको हो । प्राश्ना शाक्यको अफिसियर युट्युव च्यानलमा उक्त म्युजिक भिडियो अपलोड गरि सार्वजानिक गरिएको छ ।
गायक सुगम पोखरेल र पुरुषोत्तम लामिछानेको संयुक्त शब्द रचना भएको उक्त गीतमा स्वयं सुगमले नै संगीत भरेका छन । यो गीत ११ वर्ष पहिले बजारमा आएको गायिका प्राश्नाको तेश्रो एल्बमा समावेश रहेको गित हो । प्रविधिको विकाश सँगै गीतसंगीत क्षेत्रमा पनि विकास हुनु आवश्यक भए सँगै ११ वर्ष पछि यो गीतले पुनः नयाँ जन्म पाएको हो । सार्वजानिकको अवसरमा गायिका प्राश्नाले भनिन ‘मेरो आत्मिय साथी नृत्य तथा चलचित्र निर्देशक एवम् मोडल प्रशान्त तामाङले यो लकडाउनको विषम परिस्थितिमा मेरो घर धरानबाट यो सुन्दर सृजना गरेर मलाई बेल्कुलै खुशि प्रदान गरेका छन यसमा म अचम्भित पनि बनेको छु । उनले भिडियो तयारका लागि खटिनु हुने सबै टिमलाई धन्यवाद व्यक्त गरेकी छिन ।
म्युजिक भिडियोमा युवा व्यवसायी सुमिप श्रेष्ठ र मोडल सृजना येङ्गेदेनले फिचरिङ गरेका छन । म्युजिक भिडियो अभिनयमा पहिलो पल्ट प्रयास गरेको बताउने मोडल सुमिप धरानमा अवस्थित सुन्दर साउण्ड सर्भिसका म्यानेजर हुन । निर्देशन सम्पादन र छायांकन प्रशान्त तामाङको रहेको उक्त म्युजिक भिडियो देवराज जिमिले निर्माण गरेका हुन ।