एउटै इच्छा लिएर देवेश र ससिका बजारमा (भिडियो सहित)

श्रावण ५, २०७७ – नेपाली सांगीतीक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार देवेश राई र गायिका ससिका राईले एउटै इच्छा बजारमा सार्वजानिक गरेका छन । यो युगल जोडिले आफै फिचरिङ गरेको एउटै इच्छा बोल गीतको म्युजिक भिडियो भर्खरै सार्वजानिक गरेका छन ।

गायक तथा संगीतकार देवेश राईको अफिसियर युट्युव च्यानल मार्फत सार्वजानिक उक्त गीतमा देवेश र ससिकाको युगल आवाज रहेको छ । फराज अर्पणले निर्देशन तथा सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई बब्लु गुरुङले निर्माणमा साथ दिएका छन । त्यसै गरेर बिशाल थापाको छायांकनमा तयार पारिएको सो म्युजिक भिडियोलाई दिया रिजालले सृंगारमा साथ दिएकी छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.