मेलिनाकाे कर्के नजर बजारमा
नेपाली सागीतीक जगतमा सृष्टि खड्का र सुवास तिमल्सिनालाई फिचर गरिएको डान्सिङ्ग नम्बर ‘कर्के नजर’ म्युजिक भिडियो भर्खरै बजारमा सार्वजानिक भएको छ। चर्चित गायिका मेलिना राई र यूवा गायक जोसेफ शाही ठकुरीको स्वर रहेको यो गीत लोक–पप फ्यूजन शैलिमा बनेको छ। काले दाई, कान्छि मट्याङ–ट्याङ जस्ता दर्जनौ गीतमा संगित भरिसकेका संगीतकार कोशिष क्षेत्रिको संगित रहेको कर्के नजरमा वासुदेव नेपालको शव्द रहेको छ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियाेमा निर्देशन निशान घिमिरेकाे रहेकाे ५ । एन.एफ.डि.सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन। डान्सिङ शैलिका गितले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलिलाई कर्के नजरको भिडियोमा केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ।