गायक कमलको ‘कहाँ पाइन्छ र ?’ सार्वजानिक
नेपाली सांगीतीक जगतमा म्युजिक भिडियो एक पछि अर्को बजारमा आउने क्रममा गायक कमल के खत्री ‘कहाँ पाइन्छ र ?’ बोलको गीत लिएर आएका छन । गत विहिवार युटुबबाट सार्वजानिक गरिएको उक्त गीतमा गायकले आफुले खोजेको जस्तो प्रेमिका नपाएको गुनासो गरेका छन ।
विभोर पोख्रेलको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा स्वयं गायक कमल र मोडल अकेषा विष्टको अभिनय हेर्न सकिन्छ । अनिल के मानन्धरको फ्रेममा कैद भएको उक्त म्युजिक भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन ।
Facebook Comments