बलिउड अभिनेत्री ऐश्वर्या राय पनि अस्पताल भर्ना

श्रावण ३, २०७७ – बलिउड जगतकी चर्चित अभिनेत्री ऐश्वर्या राय पनि कोरोना संक्रमणको कारण अस्पाता भर्ना भएकी छिन । उनिसँगै उनको छोरी आराध्या पनि अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

कोरोना संक्रमण देखिएपनि घरमै रहेका उनीहरुलाई मुम्बईको नानावती अस्पतालमा भर्ना भएको समाचार छ । परिक्षणमा संक्रमण देखिएपछि उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको कारण उनीहरु घरैमा बसेका थिए । तर सवधानीका लागि अस्पताल भर्ना भएको उनी निक सञ्चारमाध्यमले खुलाएको छ ।

उनको श्रीमान अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन पनि यसअघि देखि नै सोही अस्पतालमा उपचाररत रहेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.