आयुवको अभिनय सँगै मेरि मामु हिट
नेपाली चलचित्र मेरि मामुको ट्रेलर सार्वजानिक भए सँगै चलचित्रको भन्दा पनि चलचित्रका बाल कलाकार आयुव केसिको चर्चा चुलिएको छ । त्यसो त यी कलाकारको चर्चा चल्नु नै चलचित्रको पनि चर्चामा तानिएको छ । सार्वजानिक ट्रेलरमा आयुवको अभिनय दमदार रेहेको देखिन्छ ।
निर्माता सन्तोष सेनद्धारा निर्मित चलचित्र मेरी मामु चाइल्ड साइकोलोजीमा निर्मा भएको चलचित्र हो । चलचित्रमा याम थापाको लेखन एवं निर्देशन रहेको छ ।
यहि भदौ १५ गतेबाट प्रदर्शनको तयारिमा रहेको यो चलचित्रमा आयुवको साथमा सारुक ताम्राकार, कुशुम गुरुङ, अश्लेशा ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
Facebook Comments