प्रवासी नेपाली एकता मञ्च साउदीकाे केन्द्रिय कमिटि पुनर्गठन

चैत्र ४, २०७८ – नेकपा एमाले प्रवास कमिटि प्रवासी नेपाली एकता मञ्च साउदी अरेबीयाकाे केन्द्रीय कमिटि पुनगर्ठन भएकाे छ । हिजाे वैशाख ३ गते भएकाे जुम भर्चुअल मिटीङ मार्फत भएकाे भेलाबाट मञ्चकाे अध्यक्षमा अमर श्रेष्ठ सहित ४३ सदस्यीय कमिटी गठन भएकाे छ ।

जुम भर्चुअल मिटीङ मार्फत अमर श्रेष्ठको अध्यक्षता र बलराम गिरीको प्रमुख आतिथ्यतामा साउदी अरेवीयामा रहेका नेकपा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकहरु बिच परिचयात्मक कार्यक्रमको साथै नव वर्षकाे शुभकामना आदानप्रदान कार्यक्रम पनि भएकाे थियाे । श्रेष्ठकाे अध्यक्षतामा गठन भएकाे उक्त कमिटिमा ३ महिला सदस्य सहितकाे ४३ सदस्यीय कमिटि सर्वसम्मत चयन भएकाे हाे । नव गठित कमिटिमा याम लामा सचिव, वरिष्ठ सल्लाहकार तथा राजदूतावास समन्वय प्रमुखमा बलराम गिरी, सल्लाहकार रमेश भण्डारी, प्रवक्तामा कृष्ण कार्की, श्रमिक समस्या तथा राजदूतावास समन्वय प्रमुखमा कमल प्रसाद खरेल, अनुशासन विभाग प्रमुखमा किशोर राई, आर्थीक विभाग प्रमुखमा अच्युत बोगटी चयन भएका छन् । त्यस्तै गरी सदस्यहरूमा राजेन्द्र खत्री, ॠषीराम भट्टराई, ओम घले, राम बहादुर क्षेत्री, बसन्त राई, रुद्र कुमार कार्की, रमेश गिरी, रूपक वाईवा, रमेश अधीकारी, राजिब रेग्मी, बिएस अधीकारी, नवराज थापा, बिष्णु घिमिरे, राम कार्की, नागेस तामाङ, अमृत घिसीङ, दल सुनुवार, भीम ठकुरी, नाथन शर्मा, तिलक पुन, खडग प्रसाद आचार्य, युवराज खड्का, दिपक अर्याल, राज खत्री, दीपक थापा, बिक्रम भण्डारी, विष्णु प्रसाद बरुवाल(सुवोध), राजेन्द्र कुमार न्यौपाने(डुबिन्द्र), खेम चन्द्र पुरी, योगेन्द्र प्रसाद कुईकेल, अर्जुन सिलवाल, मिन प्रसाद अधीकारी रहेका छन् ।

वरिष्ठ सल्लाहकार बलराम गिरीले नव वर्षको शुभकामनाको साथमा साउदी अरेबियाको कानुनलाई मध्यनजर गर्दै मर्यादित ढङगले सङ्गठनमा काम गर्न सुझाव दिनुभयो। यसै गरी अन्य वक्ताहरु कमरेड रमेश भण्डारी, कमरेड कृष्ण कार्की, कमरेड कमल प्रसाद खरेल, कमरेड किशोर राई, कमरेड अच्युत बोगटी, कमरेड रुद्र कुमार कार्की,कमरेड रमेश गिरी, कमरेड रुपक वाईबा ,कमरेड विष्णु घिमीरे, कमरेड योगेन्द्र प्रसाद कुईकेल ,कमरेड मिनराज ठकुरी,कमरेड बसन्त राई, कमरेड दल बहादुर सुनुवार,कमरेड राजेश कुमार न्यौपाने लगायतका वक्ताहरूले नव वर्षको शुभकामनाको साथै साउदी अरेवियामा सङगठन विस्तारको लागि महत्वपूर्ण भनाईहरु राख्नुभयो ।

सभाध्यक्ष अमर श्रेष्ठले विस्तारित कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै बिधीविधान अनुसार र साउदी अरेवीयाको हरेक नेपालीहरु रहेको स्थानमा पुग्न कडा परिश्रम गर्नु पर्ने बताउँदै नव वर्ष २०७८ सालको सुखद उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापनको साथ सभा बिसर्जन गर्नुभयो।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.