अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेट उम्मेदवार बाइडनलाई अग्रता कायमै

कार्तिक २२, २०७७ – अमेरिकामा सम्पन्न नयाँ राष्ट्रपतिका लागि ५० वटा राज्यमा भएकाे राष्ट्रपतीय निर्वाचन अन्तर्गत ४४ वटा राज्यको मतपरिणाम आइसकेको छ । उक्त परिणाम अाउँदा सम्म डेमोक्रेटिक तर्फका उम्मेदवार जो बाइडनले २ सय ६४ इलेक्टोरल मत प्राप्त गरेका छन । यस्तै रिपब्लिकन तर्फका उम्मेदवार डोनाल्ड ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गरेकाे अमेरिकन मिडियाले उल्लेख गरेका छन । अमेरिकन राष्ट्रपति जितका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।

जर्जियामा ९९ प्रतिशत मत गणना सकिदा डेमोक्रेट उम्मेदवार जो बाइडनले झिनो मतको अग्रता बनाएका छन । डेमोक्रेट उम्म्ेदवार बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच एक हजार मतको झिनो अन्तर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पेन्सिलभेनियामा ट्रम्पले २० हजार मतले अग्रता बनाएका छन । नेभाडा र एरिजोनामा डेमोक्रेट उम्मेदवार बाइडनको अग्रता छ । यस्तै नर्थ क्यारोलिना र अलास्कामा पनि मतगणना जारी छ । मत गणना बाँकी रहेका राज्यको मतपरिणामले आगामी अमेरिकी राष्ट्रपतिको छिनोफानो हुनेछ ।

हालसम्मको नतिजाले डेमोक्रेट उम्मेद्वार जो बाइडेन विजय नजिक पुगेको देखाएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.