उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीमा कोरोना संक्रमण

भाद्र २९, २०७७ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीमा कोरोना पोजिटिभ देखिएको छ । उपकुलपति गिरीको आज सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

उनले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन । सुरक्षा उपायहरु अपनाउँदै र दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन ।

उनमा कोरोनाको कुनैपनि लक्षण नदेखिएको बताउदै हाल आईसोलेसनमा बसेको पनि जानकारी गराएका छन् । उनले आफुसंग सम्पर्कमा आएका सबैलाई पिसिआर परिक्षण गराउन समेत अनुरोध गरेका छन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.