काेशी अस्पतालमा उपचाररत काेराेना संक्रमित एककाे ज्यान गयाे

भाद्र २२, २०७७ – विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमितले ज्यान गुमाएको छ । विराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धले संक्रमणबाट ज्यान गुमाएका हुन।

भदौ ११ गते मृतकमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । त्यसपश्चात उनी होम आइसोलेसनमा बसेका थिए । उच्च रक्तचापकाे दिर्घ राेगी वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा रहेका वृद्धलाई अस्पताल ल्याइएकाे थियाे त्यस लगत्तै उनलाई भेण्टिलेटरमा राखिएको थियो । भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.