थप ९८० जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि, ९ जनाले संक्रमणबाट ज्यान गुमाए
भाद्र २१, २०७७ – नेपालमा थप ९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाे छ । गत २४ घण्टामा ९ जनाले कोराेना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन।
आज पुष्टि भएकाेमध्ये काठमाण्डू उपत्यकामा मात्रै ३५४ जना सङ्क्रमित थपिएका छन्। काठमाण्डूमा २९० जना ललितपुरमा र भक्तपुरमा ३२/३२ जना थपिएका छन्। अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४६,२५७ पुगेको छ।
गत २४ घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ। यो अवधिमा १०,३८२ जनामा पीसीआर परीक्षण गरिएको बताइएको छ। कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत निको भएका छन्।
हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।