संक्रमित चिकित्सकको श्रीमतीमा पनि कोरोना संक्रमण

श्रावण २५, २०७७ – धरानमा आज १ महिला र २ पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दुई चिकित्सक र एक चिकित्सकको ३३ वर्षिया श्रीमती रहेको धरान उपमहानगरपालिका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन ।

प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रिी विभागका दुई पुरूष चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमित दुवै डाक्टरको परीवार र क्वार्टरमा कार्यरत धरानका घरेलु कामदारको परीवारमा कन्ट्याक ट्रेसिङको गरी धरान उपमहानगरपालिकाले स्वाब संकलन गर्ने भएको छ । आज नै एकजना कामदारको स्वाब संकलन भएको र अर्का कामदारले भने भोली स्वाब संकलन गरीने मेहताले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.