थप ३६० जनामा काेराेना भाइरस संक्रमण पुष्टि

श्रावण २२, २०७७ – नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या २१,७५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा २३३ जना संक्रमणमुक्त भएसँगै १५,००० भन्दा माथी संक्रमुक्त भइ घर फर्केका छन । हाल सम्मकाे तथ्याङ्क अनुसार ६५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन ।

नियमीत मिडिया ब्रिफिङमार्फत आज पुष्टि भएका संक्रमितहरु विभिन्न जिल्लाको रहेको जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,६२२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। अहिले देशभर ६,२९६ जना आइशाेलेशनमा रहेका छन ।

अहिले देशभरि ९,४७० जना भन्दा बढी क्वारन्टीनमा रहेका छन्।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.