यी हुन धरानमा आज काेराेना संक्रमण पुष्टि भएका संक्रमित

श्रावण १८, २०७७ – धरानमा आज काेराेना संक्रमण पुष्टि भएकाेमा धरान १३ को संक्रमित संग सम्पर्कमा आएका ५ जना र एन्फा क्वारेन्टिनमा रहेका ४ जना भारतीय सैनिकहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १३ को संक्रमित संग सम्पर्कमा आएका धरान ८ तिनकुने स्थित औधोगिक क्षेत्रमा रहेको प्रिति भल्भ एण्ड फिटिङ्स्मा काम गर्ने २ जना कर्मचारी रहेका छन । दुई मध्ये एक जनाको विराटनगर स्थायि घर भई धरान १ मा बस्दै आएको २८ वर्षिय पुरूष हुन । यस्तै अर्का व्यक्ति भने जनकपुर स्थायी घर भई धरान ८ मा बस्दै आएका ४३ वर्षिय पुरूष रहेको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन । जनकपुर घर भएका ती कर्मचारीको ३४ वर्षिया श्रीमति साथमा ९ वर्षिय छोरा र ५ वर्षिया छोरी समेतलार्ई संक्रमण पुष्टि भएको मेहताले बताएका छन ।

यस्तै, मणीपुरबाट आएर धरान १७ क्वारेन्टिनमा रहेका भारतीय आर्मी धरान १६ का ५७ वर्षिय पुरूष, धरान ११ का ३५ वर्षिय पुरूष, धरान १८ का २७ वर्षिय पुरूष र धरान १५ का २६ वर्षिय पुरूष रहेको मेहताले खुलाएका छन । उनिहरूको साउन १५ गते स्वाब संकलन गरिएकोमा आज संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई आइसोलेसनमा पठाइएको पनि महाशाखा प्रमुख मेहताले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.