थप २१० जनामा काेराेना भाइरस संक्रमण पुष्टि

श्रावण १४, २०७७ – नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या १९,२७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा १४६ जना संक्रमणमुक्त भएसँगै १४,०२१ जना संक्रमुक्त भइ घर फर्केका छन । हाल सम्मकाे तथ्याङ्क अनुसार ४९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन ।

नियमीत मिडिया ब्रिफिङमार्फत आज पुष्टि भएका संक्रमितहरु विभिन्न जिल्लाको रहेको जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,०३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। कुल पीसीआर परीक्षणको सङ्ख्या ३५८,३४४ जना रहेको छ। अहिले देशभर ५,२०३ जना आइशाेलेशनमा रहेका छन ।

अहिले देशभरि १४,४७१ जना व्यक्ति क्वारन्टीनमा रहेका छन्।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.