थप ५७ जनामा काेराेना संक्रमण पुष्टि
श्रावण ३, २०७७ – नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या १७,५०२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा १०३ जना संक्रमण मुक्त भएका छन । याे सँगै ११,६३७ जना संक्रमुक्त भइ घर फर्केका छन भने ४० जनाले संक्रमणबाट ज्यान गुमाएका छन । अहिले देशभर आइसाेलेशनमा ५,८२५ जना रहेकाे छन ।
नियमीत मिडिया ब्रिफिङमार्फत आज पुष्टि भएका संक्रमितहरु विभिन्न जिल्लाको रहेको जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३,३३१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
अहिले देशभरि २३,२७५ जना व्यक्ति क्वारन्टीनमा छन्।
Facebook Comments