धरानमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि

असार २७, २०७७ – धरानमा थप ४ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । उनिहरू चारै जना विदेशबाट आएका र धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बसेका थिए ।

पछिल्लो पटक भेटिएका संक्रमितहरू बहराइनबाट आएका धरान वडा नं १३ का ६६ बर्षका पुरुष छन् भने अर्का धरान ८ का ३८ बर्षीय पुरुष छन् । त्यस्तै, साउदीबाट आएका वडा नं ५ का २६ बर्षीय पुरुष र धरान ८ का २५ बर्षीय पुरुष रहेको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जनाए । मेहताका अनुसार बहराइनबाट २२ गते काठमाण्डौं आएकाहरु २३ गते एन्फा क्वारेन्टिनमा आइपुगेका थिए भने साउदीबाट २३ गते काठमाण्डौं आइपुगेका युवाहरु २४ गते धरानको एन्फा क्वारेन्टाइनमा आइपुगेका थिए ।

यता असार २४ गते धरानमा क्वारेन्टाइनमा रहेका ४२ जनाको स्वाब संकलन गरिएको मध्ये ३८ जनाको नेगेटिभ आएको र ४ जनाको मात्र पोजेटिभ रिपोर्ट आएको मेहताले बताए । पोजेटिभ रिपोर्ट आएकाहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाइनेछ । अन्यलाई भने आवश्यक समन्वय गरेर डिस्चार्ज गरिने र संक्रमितहरुको सम्पर्कमा कोही भए पुनः स्वाब नमुना संकलन गरिने पनि उनले बताए । योसँगै धरानमा १० जना संक्रमित संख्या पुगेको जस मध्ये १ जना महिला र ९ जना पुरूष रहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.