थप ४८२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि, ४८ हजार भन्दा बढी क्वारेन्टाइनमा

असार १७, २०७७ – नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या १४,०४६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा ४६२ जना संक्रमण मुक्त भएका छन । याे सँगै ३,६५६ जना संक्रमुक्त भइ घर फर्केका छन भने ३० जनाले संक्रमणबाट ज्यान गुमाएका छन । अछाम जिल्लामा असार १४ गते मृत्यु भएका एक पुरुषमा मरणोपरान्त कोराेना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जाेगेश्वर गाैतमले जानकारि दिए।

नियमीत मिडिया ब्रिफिङमार्फत आज पुष्टि भएका संक्रमितहरु विभिन्न जिल्लाको रहेको जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,३३,२२७ पुगेको छ। अहिले देशभरि ४८,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। ती मध्ये अधिकांश भारतबाट आएका हुन्र ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.