थप ५९३ जनामा काेराेना संक्रमण पुष्टि
असार १२, २०७७ – नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ११,७५५ जना पुगेको छ । ती मध्येबाट २,६९८ जना संक्रमुक्त भइ घर फर्केका छन भने २७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमीत मिडिया ब्रिफिङमार्फत आज पुष्टि भएका संक्रमितहरु विभिन्न जिल्लाको रहेको जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,५३५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,०६,२७१ पुगेको छ। अहिले देशभरि ७१,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। ती मध्ये अधिकांश भारतबाट आएका हुन्र ।