नेपालमा थप ३८० जनामा काेराेना संक्रमण पुष्टि

असार २, २०७७ – नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ६, ५९१ जना पुगेको छ । ती मध्येबाट १,१५८ जना संक्रमुक्त भइ घर फर्केका छन भने १९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमीत मिडिया ब्रिफिङमार्फत आज पुष्टि भएका संक्रमितहरु विभिन्न जिल्लाको रहेको जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,०५३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १,४३,७३८ हजार नौ पुगेको छ। अहिले देशभरि १,३१,००९ व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.