थप ३१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेठ २६, २०७७ – नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमणा पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ३,७६२ जना पुगेको छ । यसका साथै कोरोना भाइरस संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन । यो सँगै नेपालमा संक्रमणबाट १४ जनाले ज्यान गुमाइसकेका छन भने ४८८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिª मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले देशका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारि दिएका छन । सोमबार पीसीअार विधिबाट ४,७६६ जनाको कोरोना परिक्षण गरिएको र अारडीटी विधिबाट ११, ९४२ जनाको परिक्षण गरिएको मन्त्रालयले जानकारि दिएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.