नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित संख्या ३ हजार नाघ्यो

जेठ २४, २०७७ – नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित सङ्ख्या ३,२३५ पुगेको छ । संक्रमित मध्येबाट ३६५ जना संक्रमणमुक्त भएका छन भने १३ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ। मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा ४,१११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पीसीआर विधिबाट गरिएको परीक्षणको कुल सङ्ख्या ९२,४७७ पुगेको छ।

क्वारन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले नेपालभर १,६८,०३१ भन्दा बढी व्यक्ति क्वारन्टाइनमा रहेको मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले जानकारि दिएका छन । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सर्वाधिक र त्यसपछि क्रमश: प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा धेरै सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन् । जाजरकोट र डोल्पामा पनि सङ्क्रमित भएपछि कोरोना भाइरस बाट प्रभावित जिल्लाको सङ्ख्या ७० पुगेको छ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.