सार्वजानिक स्थानमा अनिवार्य मास्क लगाउन विश्व स्वास्थ्य संगठनको सुझाव

जेठ २४, २०७७ – कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजानिक स्थानमा मास्क लगाउन विश्व स्वास्थ्य संगठनले सल्लाह दिएको छ । विश्व स्वास्थ्य संगठनले उसको पुरानो सुझाव परिवर्तन गर्दै सो सुझाव दिएको हो ।

मास्क लगाउँदा सम्भावित संक्रामक छिटालाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नमा अवरोध हुने डब्ल्युएचओको भनाइ छ । विगतको समयमा संगठनले मास्कले संक्रमण रोक्नेमा पर्याप्त प्रमाण नभएको भन्दै मास्क अनिवार्य नभएको जनाउँदै आएको थियो । अहिले भने कैयौँ देशमा मास्क लगाउन सुझाव दिइएको वा अनिवार्य गराइएको छ ।

डब्ल्युएचओले मास्कको प्रयोगलाई संक्रमण रोक्न विभिन्न उपायहरु मध्ये एक उपाय मात्र भएका भन्दै यसले मानिसहरुलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ । उक्त संगठनका महानिर्देशक डा. टेड्रस एडहानोम गेहब्रेयसको अनुसार मास्क मात्रैको प्रयोगले कोरोना बाट जोगाउन्दैन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Planet Gaming Zone
Dharan-15, Sunsari

Get Your Royal Pass

Let's Talk Here