पुर्व व्रिटिस सैनिक केवलवहादुर द्धारा निर्मित संस्थाको (छत) ट्रस्ट उद्घाटन

बैशाख १७,२०७७ – धरान १९ चौकिवारी निवासी पुर्व वृटिस गोर्खा आर्मि समाजसेवि केवल वहादुर सेरेङ चोङवाङ लिम्वुले उनको श्रीमति स्व. आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फ वाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत ( ट्रस्ट ) निर्माण गरि शुक्रवार उद्घाटन गरि हस्तान्तरण गरेको छ ।

उनले निधन भएका आफ्नो वुवा श्यामवहादुर सेरेङ चोङवाङ, आमा विर्खमति सेरेङ चोङवाङ तवेवुङ, ससुरा दलवहादुर आङवाङ, सासु जयरानी आङवाङ मुदेन्छोङ सावा, माइली छोरी रमिता सेरेङ चोङवाङ र नातिनि सुम्निमा वान्तावा राईको स्मृतीमा संस्थालाई छत निर्माण गरिदिएका हुन ।

निर्माण गरिएको छतको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष सेरेङ चोङवाङ संस्था सुनसरीका अध्यक्ष गजेन्द्र सेरेङ चोङवाङ लिम्वु र सहयोग दाता केवल वहादुर सेरेङ चोङवाङले संयुक्त रुपमा छतको शिलालेखलाई छोपिएको कपडा उघारेर गरेका थिए ।

धरान ८ सिदार्थ मार्ग स्थित भवनको छत निर्माण तिन लाख रुपैयामा संपन्न भएको संस्थाका अध्यक्ष गजेन्द्र लिम्वुले जनाए । निर्माणका लागि सम्पुर्ण खर्च केवलवहादुर सेरेङ चोङवाङ परिवारले उपलव्ध गराएको उनले जनाए । कार्यक्रममा वोल्ने क्रममा कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले रचनात्मक कार्यको लागि केवलवहादुर परिवारलाई धन्यवाद दिएका थिए ।

पुर्व व्रिटिस गोर्खा सैनिक समेत रहेका केवल वहादुर सेरेङले आप्mनो जातिय संस्था संगै समस्यमा परेका असहाय तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । उनले विभिन्न भौतिक पुर्वाधार निर्माणमा, एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि, भुकम्प पिडितका लागि, लकडाउनका कारण समस्यमा परेका तथा वाढि पिडित लगायत असहायहरुलाई निरन्तर सहयोग गर्दै आइरहेका छन ।

कार्यक्रममा संस्थाका संस्थापक मानवहादुर सेरेङ चोङवाङ, भिमराज सेरेङचोङवाङ लगायत संस्थाका सदस्यहरु र सहयोग दाता केवल वहादुर सेरेङका परिवारहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.