सानिमा लाइफले गर्यो मृत्यु दावी भुक्तानी

चैत्र २७, २०७७ – सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो विमीतको परिवारलाई मुत्यु दावि भुक्तानी अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

हिजो विहीवार धरान स्थित इन्स्योरेन्सको धरान शाखाको कार्यालयमा मृतकको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । दुइ वर्ष पहिले चार लाखको विमा गरेकी कल्पना सापकोटाको परिवारलाई चार लाख बत्तीस हजारको चेक हस्तारण गरेको थियो । उनले गत दुई वर्ष पहिले चार लाख बराबरको विमांकको सानिमा सरल विमा योजना लिएकी थिइन । विमाको बुझाउनु पर्ने बार्षिक तेश्रो किस्ताकाे रकम बुझाइसकेपछि यहि फागुन ५ गते उनको निधन भएको थियो । उनि कार्तिक देखि क्षयरोग पिडित थिइन ।

विमा कम्पनीले विमा नियम अनुसार कुनै पनि रोग व्यादाले मृत्यु भएको अवस्थालाई पनि कालगती मृत्यु सोसरह मान्दै आएको छ । सोही अनुसार मृतक सापकोटाको परिवारलाई विमाङ्क रकममा ३२ हजार बोनस थप गरि जम्मा ४ लाख ३२ हजार प्रदान गरेको हो । उनको मृत्यु रोग संक्रमण मार्फत मृत्यु भएकोले विमांक रकममा दुइ वर्षको बोनस थपी सो रकम प्रदान गरेको हो । यदि द्ुर्घटना मार्फत मृत्यु वरण गरेको भए उनको परिवारले विमांक रकमको दोब्बर रकम र बोनस प्राप्त गर्ने थिए ।

धरान शाखा कार्यालयमा सम्पन्न सो अनौपचारिका कार्यक्रममा मृतकको छोरालाई इन्स्योरेन्सका प्रदेश १ का प्रमुख जितेन्द्र क्षेत्री सुवेदी र धरान शाखा प्रमुख महेन्द्र राईले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको थियो । शाखा प्रमुख राईको संयोजकत्वमा आयोजित सो अनौपचारीक कार्यक्रममा कम्पनीका एजेन्सी मेनेजर र कर्मचारीको उपस्थिती रहेको थियो । सेवाग्रहीहरुको ढिलो भुक्तानी गर्ने गुनासोको विचमा हामिले सम्पुर्ण कागज पत्र उपलब्ध भएको ५ दिन भित्रमै सो मृत्यु दावी भुक्तानी गरेको शाखा प्रमुख राईले बताए । आवश्यक पर्ने कागज पत्र समयमै उपलब्ध भएको खण्डमा ३ दिन देखी ७ दिन भित्रमा दावि भुक्तानी गर्ने शाखा प्रमुख राईको भनाइ छ । हाम्रो कम्पनीमा विभिन्न वाहाना वाजी गर्दै सेवाग्राहीलाई अलमल्याउने काम नहुने पनि शाखा प्रमुख राईले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.