सडक नाटक प्रतिगमन प्रदर्शनको आज दोश्रो दिन, नेताबाट भन्दा सर्वसाधरणबाट धेरै चासो

फागुन ०१, २०७७ – सरकारले पुष ५ गते गरेको संवैधानिक कु को विरोधमा धरानमा रंगकर्मीहरुले मौन सडक नाटक प्रदर्शन गर्दैछन । हिजो माघ मसान्त शुक्रबार देखि प्रदर्शन गरिएको उक्त नाटक फागुन ३ गते सम्म निरन्तर प्रदर्शन गरिनेछ ।

रङ्गभुमी एकेडेमिका रंगकर्मिहरुले धरान १७ स्थित रेल्वे चौकबाट प्रदर्शन सुरु गरेको प्रतिगमन नाटक धरानको विभिन्न स्थलमा प्रदर्शन गर्ने क्रममा आज मात्रै ३ स्थानमा प्रदर्शन गरिएको थियो । नाटकमा विषेश गरेर नेपालको राष्ट्रिय राजनितिको सवालमा होस या राज्य सत्ताको सवालमा सम्पुर्ण निर्णयहरु छिमेकि मुलुक अनुकुल हुने गरेको कुरालाई पेचिलो ढंगबाट देखाइएको छ । नाटकमा नेपालको ऐन कानुन विभिन्न तह तप्काबाट बन्धि बन्दै गरेको र न्यायलयलाई मृत अवस्थामा पुर्याइएको भन्ने प्रमुख सन्देश दिइएको छ ।

‘‘कला र संस्कृति राष्ट्रको पहिचान, कलाकार र कालाकारिता युग परिवर्तनका सम्बाहक शक्ति हुन” भन्ने मुल नारालाई आत्मासाथ गरेर प्रदर्शन गरिएको नाटकमा राष्ट्रियताको निम्ति राजनैतिक दल भन्दा माथि उठेर समस्त जनता एक हुनु पर्ने विषयलाई प्रस्तुत गरिएको छ । जनता एकजुट भएको खण्डमा जस्तोसुकै शासक, दमनकारी र कानुनलाई आफ्नो हातमा लिनेहरुलाई घोडा टेकाउने सामथ्र्य राख्न सक्छ भनि सन्देश प्रवाह गरेको छ । अहिलेको परिस्थितिमा हाम्रा जननिर्वाचित प्रधानमन्त्री केपी ओलीले पुष ५ गते गरेको असंबैधानिक कदम नेपाली जनताको लागी खतरा रहेकोले यसको विरोधमा एक जुट हुन आव्हान समेत यस ताटक बाट गरिएको छ । असंवैधानिक कदमले नागारिक अधिकार सुनिश्चितको ग्यारेण्टी नरहेको र सम्पुर्ण अधिकार खोसिने खतरा रहेकोले यसको लागि खवदारि सहितको विरोध गर्नु सबैको दायित्व रहेको उक्त नाटकका लेखक तथा निर्देशक विष्णु मोक्तानले बताए ।

नाटक आम नागरिक भएर तयार पारिएको हो, कुनै राजनैतिक दलको छत्रछायाँमा नरहेर विशुद्ध रंगकर्मिको नाताले हामीले हाम्रो क्षेत्रको तर्फबाट हाम्रो दायित्व निभाएको निर्देशक मोक्तानले बताए । यसै क्रममा उनले थपे काठमाण्डौमा श्रष्टा आन्दोलन चलिरहँदा हामिले धरानबाट मौन सडक नाटक प्रदर्शन गर्दै आम नागरिक अधिकार सुनिश्चितको लागि टेवा पुर्याउने जमर्को गरेको हो । विषेश गरेर हिजो र आज गरि ५ स्थानमा प्रदर्शन गर्दैगर्दा राजनैतिक नेतृत्वबाट भन्दा पनि धेरै सर्वसाधरणबाट चासो लिइएको उनले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.